पोखरा जेष्ठ ९,
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३का लागि रु.८ अरब ३५ करोड १२ लाख बजेट ल्याएको छ । महानगरपालिकाको आईतवारको नगर सभामा उप प्रमुख मञ्जुदेवी गुरुङले सो आकारको वजेट प्रस्तुत गरेकी छन् । चालु आव अर्थात आ.व. २०८१÷०८२ मा महानगरपालिकाले रु.७ अरब ५१ करोड ३२ लाख ८३ हजार बजेट ल्याएको थियो । चालु आ.व.को भन्दा आगामी आवका लागि महानगरपालिकाले ८३ करोड ७८ लाख १७ हजार वढि आकारको वजेट ल्याएको छ । संघीय सरकार शसर्त अनुदानबाट रु.३ अरब १३ करोड १२ लाख अर्थात् ३७.४९ र आन्तरिक आयबाट रु.५ अरब २२ करोड अर्थात् ६२.५१ प्रतिशत रहने गरि वजेटमा अनुमान गरिएको छ । रु.७ अरब ५१ करोड ३२ लाख ८३ हजार वजेट मध्ये चालु आ.व.को ज्येष्ठ मसान्त सम्म जम्मा ४ अरब १६ करोड ५२ लाख ६४ हजार अर्थात ५५.४३ प्रतिशत खर्च भएको उप प्रमुख गुरुङले वताईन् । आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत खर्च हुने अनुमान समेत गुरुङले गरेकी छन् । यसरी ल्याईएको वजेट नगर कार्यपालिकाको कार्यालय तर्फ रु.९५ करोड अर्थात् १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ रु.३८ करोड अर्थात् ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ रु.१८ करोड अर्थात् ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अरब अर्थात् १९.१६ प्रतिशत, पूर्वाधार तर्फ रु.२ अरब ३३ करोड अर्थात् ४४.६४ प्रतिशत, सहरी विकास पर्यटन वन तथा वातावरण तर्फ ३८ करोड अर्थात् ७.२८ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
विपद् जोखिम न्यूनीकरण, विपद् पूर्व तयारी, राहत, उद्धार, प्रतिकार्य र पुन स्थापना लगायतका लार्गि रु.३ करोड २४ लाख, न्यायिक समितिका काम कार्वाहीहरुलाई व्यवस्थित गर्दै महानगरको आवश्यकता बमोजिम आवश्यक ऐन कानुन निर्माण र मुद्दाको फैसला कार्यान्वयन, सामाजिक मेलमिलापकर्ताहरूको अभिमुखीकरण, कानुनी सचेतना अभिवृद्धि लगायत कार्यका लागि रु.१ करोड ४४ लाख, महानगरपालिकाको प्रशासनिक तथा कार्यालय सञ्चालन र कार्यक्रम सञ्चालनका लागि नगर कार्यपालिकाको कार्यालय खर्च केन्द्र अन्तरगत रु.९५ करोड विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा रु.३१ करोड २ लाख ,शिक्षा तर्फ रु.१ अरब ७३ करोड ३३ लाख ९१ हजार ,सामाजिक विकास तर्फ रु.३८ करोड ५० लाख , महानगरपालिकाको पूर्वाधार विकास लागि कुल रु.२ अरब ३३ करोड विनियोजन गरिएको छ । त्यसै गरि कृषि उत्पादन प्रवद्र्धनको लागि कृषि यान्त्रीकरणको लागि रु.३० लाख, उत्पादन सामाग्रीको लागि रु.३० लाख, स्थानीय पशुपन्छी फारममा उत्पादित मल खरिद तथा ढुवानीको लागि ५० प्रतिशत लागत साझेदारीको लागि रु.१० लाख, अभियानमुखी हिउँदे खेती प्रवद्र्धन योजनाको लागी रु.१० लाख, कृषि उपज सङ्कलन केन्द्र र किसान बजार साझेदार बजारमा सङ्कलन भएका उत्पादनमा तोकिएको न्यूनतम समर्थन मूल्यको १० प्रतिशतका दरले प्रोत्साहनको लागि रु.१५ लाख, चैते धान, सुन्तला बगैँचा व्यवस्थापन, आलु प्रवद्र्धन, तरबुजा खेती, पुष्प खेती, मसला बाली, रैथाने बाली प्रवद्र्धन कार्यक्रमको लागि रु.१ करोड ८० लाख विनियोजन गरिएको छ । पोखरा भ्रमण वर्षका लागि १ करोड, पोखरा लाई सहासिक पर्यटनको रुपमा विकास गर्न ५० लाख, विभिन्न संघसंस्थाहरूको साझेदारीमा पर्यटन प्रवद्र्धन गर्नका लागि रु.१ करोड ५० लाख गरि महानगरपालिकाको समग्र पर्यटन प्रवद्र्धनकालागि रु.५ करोड ५० लाख विनियोजन गरिएको छ ।
पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकास गर्ने ,उत्पादनमुलक व्यावसायिक कृषि प्रणालीको विकास गर्ने, समानुपातिक विकास प्रक्रिया अवलम्बन गर्ने ,फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन मार्फत प्रर्दूषण नियन्त्रण गर्ने ,सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग गर्ने ,सभ्य, सुसंस्कृत र व्यवस्थित सहरीकरणको विकास गर्ने ,सामाजिक न्याय, लैङ्गिक समावेशीकरण र सहभागितामूलक विकासका माध्यमबाट समतामूलक समाजको निर्माण गर्ने र आधारभूत शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभूत गर्ने वजेटका उदेश्य रहेको उप प्रमुख गुरुङले वताएकी छन् ।
यस अघि आईतवारनै पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले आ.व. २०८२÷०८३ का लागि १८६ वुव्दामा निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रमुख आचार्यले पेस गरेको निती तथा कार्यक्रमसंग मेल खाने गरि महानगरपालिकाले झाण्डै साढे आठ अर्वको वजेट ल्याएको हो ।