पोखरा जेष्ठ १५,
नेकपा एकिकृत समाजवादीका महासचिव धनश्याम भूषालले मुलुक उकुस मुकुसको अवस्थामा रहेको वताएका छन् । गणतन्त्र आईसकेपछि हामी खुसी भएका थियौ, नाचेका थियौ , अव त जिवनमा धेरै परिवर्तन हुने भयो भनेर जे कल्पना गरेका थियौ त्यो पुरा हुन नसक्दा जनतामा निरासा मात्रै हैन उकुसमुकसको अवस्था आएको भूषालले वताए । नेकपा एकिकृत समाजवादी पोखरा महानगरकमिटीको प्रथम नगर अधिवेसनको उद्धघाटन समारोहलाई प्रमुख अतिथीको रुपमा संवोधन गर्दै भूषालले पञ्चायतकाल होस् वा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएको वेलाको जस्तै उकुसमुकुसको अवस्था हाल मुलुकमा देखिएको वताए । मुलुकमा रोजगारी छैन, सुशासन छैन , शासन सत्ता समाल्नेहरुसंग नैतिकता पनि छैन । जनताले अव को संग आस गर्ने भन्ने अवस्था श्रीजना भएको भूषालले वताए । यो उकुसमुकुसको अवस्थावाट मुलुकलाई वाहिर निकाल्नका लागि नयाँ खालको आन्दोलनको आवश्यकता मुलुकमा रहेको भूषाले वताए । नेकपा एकिकृत समाजवादीले सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारालाई अगाडि सार्दै सुरु गरेको आन्दोलनलेनै मुलुकलाई निकास दिने दावी भूषाले गरे । लोतान्त्रीक गणतन्त्र भन्दा राम्रो व्यवस्था अरु हुनै सक्दैन तर गणतन्त्र सञ्चालन गर्ने नेताहरुले जिम्वेवारी वहन गर्न नसकेका कारण दरवारका हुक्के वैठकेहरुले पनि गणतन्त्रको विरुद्धमा आवाज उठाउन थालेको भूषालले वताए । गणतन्त्र सञ्चालन गर्ने नेताहरुका कमजोरीका कारण गाण्तन्त्र कमजोर हुँदै गएको भूषालले वताए । नेपालमा राजतन्त्र आउछ भन्नेमा कुनै सत्यता नरहेको वताउदै भूषालले राजतन्त्र आउछ भन्ने कुरा दुसप्ना मात्रै भएको र सिङ्गो नपालमा राजतन्त्र कदापि नआउने र ईतिहाँश कहिल्यै पनि पछाडि नफर्कने भन्दै भूषालले राजतन्त्रको वकालत गर्नेहरुसंग त्यति धेरै डराउनुपर्ने आवश्यकता नरहेको समेत वताए ।
आज मुलुकको वर्तमान धरातलिय यथार्यता वुझ्न तर्फ सत्ता सञ्चालन गर्ने दलहरु नलागेको भन्दै गठवन्धनका दलहरुलाई कसरी काण्डै काण्डहरुवाट वच्ने भन्ने ध्याउन्न मात्रै रहेको भूषाले वताए । २०८२ सालको चुनाव जित्न गठवन्धनले जे पनि गर्न सक्ने भन्दै त्यो चुनाव पाकिस्तान र वङगलादेशको जस्तै हुन पनि सक्ने दिशातर्फ मुलुक अगाडि वढेको भन्दै भूषालले चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका सचिव तथा गण्डकी प्रदेशका ईञ्चार्ज श्रीनाथ वरालले नेपाली समाज र नेपाली जनता कहिल्यै पनि पछाडि नर्फकने भन्दै नेपालमा राजसंस्था फर्किन नसक्ने वताए । गण्डकी प्रदेशमा एकिकृत समाजवादी पार्टि प्रति आकर्षण वढ्दै गएको वताउदै वरालले आषाढ र साउन महिनामा सवै कमिटीहरुमा प्रशिक्षण चलाउने,तल्ला तहका अधिवेसन गर्ने र पार्टिमा प्रवेशको अभियानलाई तिव्रता दिईने वताए । पोलिटव्यूरो सदस्य तथा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाले दिर्घकालिन महत्वका ठूला आयोजनाहरु सञ्चालन गरिरहेको वताए । अव महानगर फेवातालको मापदण्ड कार्यान्वयन तर्फ अगाडि वढ्ने प्रमुख आचार्यले वताए । अर्का पालिटव्यूरो सदस्य दिल कुमारी पन्तले जनताको सम्पत्तिमा दाई गरेकाहरु र विगतमा गणतन्त्रको खिलापमा रहेकाहरुले मुलुकको बगडोर समालेकोले मुलुकको यो अवस्था भएको वताईन् । अर्का पोलिटव्यूरो सदस्य निरा देवी जैरुले शासन सत्ता सञ्चालन गर्नेहरु भिजिट भिषा लगायत कयौ भ्रष्टाचारका प्रकरणमा मुछिएको आरोप लगाईन् । नेकपा एकिकृत समाजवादी पोखरा महानगर कमिटीका अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टिका,गण्डकी प्रदेश कमिटीका अध्यक्ष कृष्ण नेपाली, केन्द्रिय सदस्य रत्ना गुरुङ, , शर्मिला पौडेल, सल्लाहाकार डिवी राई,कास्की जिल्ला कमिटीका अध्यक्ष खड्ग हमाल, पोखरा महानगर कमिटीका ईञ्चार्ज मुक्ति पौडेल, महिला नेतृ अञ्चला चौधरी लगायतले अधिवेसनको सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमका अवसरमा जनवादी गायक ऋषि अधिकारीले जनवादी गित गाएका थिए । कार्यक्रममा उपाध्यक्ष शलिकराम वरालले स्वागत र कार्यक्रमको सञ्चालन सचिव सुरज अधिकारी वज्रराजले गरेका थिए । यसै विच अधिवेसनले प्रेम थापाको अध्यक्षतामा ५१ सदस्यीय पोखरा महानगर कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सुरज अधिकारी बज्रराज, सचिवमा वल वहादुर मगर, र उप सचिवमा संगिता केसी र बिकास पहारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक उदय सुवेदीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।