पोखरा,
गठबन्धनको तर्फबाट कास्की २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दु कुमार थापाले संविधान च्यात्न खोज्ने र जनमतलाई खण्डित गर्नेहरुको विरुद्ध आफूहरुले गठबन्धन गरेर अगाडि बढेको बताए । आफ्नो पहिलो कार्यकालमा प्राप्त गरेको सेवा सुविधा जनताका योजनामा नै खर्च गरेको स्मरण गराउँदै उनले दोस्रो कार्यकालमा पनि त्यसलाई निरन्तरता दिँदै बाँकी रहेका योजना पुरा गर्ने उनको प्रतिवद्धता छ । कोणसभामा नेपाली कांग्रेसबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार वृन्दा राना, नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रत्ना कुमारी गुरुङ, गठबन्धनको चुनाव प्रचार प्रसार समितिका चोलेन्द्र पौडेल र स्थानीय टोल विकास संस्थाका अध्यक्ष चोकबहादुर गुरुङ लगायतले बोलका थिए । यस अगाडि पोखरा २० का स्थानीयले गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत गरेका थिए ।
यता गठबन्धनको तर्फबाट कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने आफूहरु चुनावी अभियान मात्र नभई विकास र समृद्धिको अभियान ल्याउन जनताको विचमा आएको बताएका छन् । शनिवारनै पोखरा ३३ को चौवादीमा चुनावी अभियानका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्
उनले संविधानमा शिक्षा, स्वास्थ्य रोजगारी र आवासको ज्ञारेन्टी गरिएको भन्दै त्यसको कार्यान्वयनमा लाग्ने धारणा राखे । बिकास र समृद्धिको लागि गठबन्धन आवस्यको उनको भनाई छ । अब राजनीतिक परिवर्तन भन्दा बिकास र समृद्धिको परिवर्तन आवश्यक रहेकोमा उनको जोड छ ।