पोखरा असार १९,
जलवायु परिवर्तन, यसले पारेको विश्वव्यापी प्रभाव, नेपाल र विषेश गरि गण्डकी प्रदेशमा जलवायु परिवर्तको असर तथा वर्तमान अवस्था र यसको नियन्त्रणका लागि गरिएका प्रयासका वारेमा पोखरामा एक सम्वाद कार्यक्रम आयोजना गरियो । मेचि महाकाली मिडिया सोसाईटीको आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्पूर्ण क्षेत्र संरक्षण आयोजनाको सहयोगमा आज पोखरामा सञ्चारकर्मीहरुसंग जलवायु संवाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज केसीले विरुवामा पानी हालेर गरेका थिए । तिनवटा सत्रमा गरिएको कार्यक्रमको उद्धघाटन सत्रमा प्रमुख अतिथिय मन्तव्य व्यक्त गर्दै प्रा.डा. केसीले जलवायु परिवर्तनको विश्वव्यापी रुपमा गम्भिर असर परिरहेको वताए । जलवायु परिवर्तनको कारण प्राकृतिक विपदको खतरा रहेकाले यसवाट वच्नको लागि सामूहिक प्रयासको खाँचो रहेको केसीले वताए । जलवायु परिवर्तनको असर कृषि, पर्यटन लगायत सम्पूर्ण आर्थिक गतिविधिमा समेत पर्ने भएकाले सरोकारवालाहरु संवेदनसिल हुनुपर्ने केसीले वताए ।
कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव पूर्णेश्वर सुवेदीले जलवायु परिवर्तन, गरिएका प्रयास र हाम्रो दाईत्व विषयमा कार्यपत्र प्रस्तुत गर्दै विश्वमै जलवायु परिवर्तनले संकट निम्त्याउदै लगेको वताए । कमजोर भू सतह भएको कारण जलवायु परिवर्तनको हिसावले गण्डकी प्रदेश संवेदनशिल रहेको सुवेदीले वताए । जलवायु परिवर्तनको हिसावले जोखिममा रहेका विश्वका १० राष्ट्र मध्ये नेपपाल पनि रहेको सुवेदीले वताए । जलवायु परिवर्तनको असरको कारण कुनै ठाँउमा धेरै पानी पर्ने, कुनै ठाँउमा पानी थोरै पर्ने, समयमा पानी नपर्ने, छोटो समयका लागि मुसलधारे पानी पर्ने, हिमालहरुमा हिउ नजम्ने, जस्ता समस्या देखिदै गएको सुवेदीले वताए । गण्डकी प्रदेशमा जलवायु परिवर्तन र यसको असर कम गर्न लागि प्रदेश सरकारले विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको सुवेदीले वताएका थिए ।
सभापतिको आसनवाट मेची महाकाली मिडिया सोसार्ईटीका अध्यक्ष माधव शर्माले जलवायु परिवर्तनको कारण सेता हिमालहरु काला पत्थरमा परिणत हुँदै गईरहेको वन विनासका कारण पुराना पुराना पानीका कुवा तथा पोखरीहरु सुक्दै गईरहेको, औद्योगिकरण तथा सवारी साधनहरुको प्रदुषणवाट मानव स्वास्थ्मा गम्भिर असर गरिरहेको वताउदै यसलाई कम गर्न सरोकारवालहरु गम्भिर हुनुपर्ने वताए । मेची महाकाली मिडिया सोसार्ईटीका अध्यक्ष माधव शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा कार्यक्रम संयोजक तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले स्वागत तथा नेपाल पत्रकार महासंघका अर्का पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव पूर्णखर सुवेदको अध्यक्षतामा भएको प्रविधधिक सत्रमा विषय बिज्ञका हिसावले जलवायु संकट र आर्थि बिकासमा पार्ने असर वारेमा अर्जुन ढकालले प्रस्तुतिकरण राखेका थिए । त्यसै गरि जलवायु परिवर्तन र खाद्य सुरक्षा विषयमा विषय विज्ञका हिसावले डा. भेषराज अधिकारीले प्रस्तुतिकरण राखेका थिए । त्यसै गरि जैविक विबिधता संरक्षण र जलवायु संकटका विषयमा अजय कार्कीले प्रस्तुतीकरण राखेका थिए । उनिहरुले राखेका विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।
त्यसै गरि कार्यक्रमको तेस्रो सत्र अर्थात जलवायु संवादमा हिमाल वचाउका अभियान्ता तथा संविधान सभा सदस्य डिवि नेपाली, अन्तपूर्ण संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख रविन कडरिया, र गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख उप सचिव शिव प्रसाद श्रेष्ठले जलवायु परिवर्तनको विश्वव्यापी असर, यसले नेपालमा पारेको प्रभाव र जलवायु परिवर्तनको असरवाट वच्न अपनाउनुपर्ने उपायका वारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कास्की लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।