पोखरा जेष्ठ, २७,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजावादी कास्की जिल्ला कमिटीले आज पोखरामा कोण सभा सम्पन्न गरेको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मुल नारालाई अगाडि सार्दै सो पार्टिले सुरु गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत पोखराको सृजनाचोकमा कोण सभा गरिएको हो । कोण सभालाई संवोधन गर्दै सो पार्टिका केन्द्रिय सल्लाहाकार परिषदका सदस्य ईश्वरी प्रसाद न्यौपानेले महङ्गी कुशासन र भ्रष्टाचारले गर्दा मुलुक आक्रन्त भएको भएपनि राज्य वेखवर जस्तै रहेकाले सरकारलाई झक्झक्याउनका लागि आन्दोलन गरिएको वताए । मुलुकमा देखिएको भ्रष्ट्राचारको अन्त्य गर्न, र सुशासन कायम गर्न, रोजगारी श्रीजना गर्न, युवा जनशक्तिको वैदेशीक पलायनलाई रोक्न सरकारलाई दवाव दिन र आफ्नो पार्टिले अगाडि सारेका मागहरु पुरा गराउन पार्टिले निरन्तर दवाव दिएको न्यौपानेले वताए । यसै क्रममा आफ्नो पार्टिका अध्यक्ष माधव कुमार नेपाललाई प्रतिशोध पूर्ण तरिकाले अख्तियारमा मुद्धा दर्ता गरिएको कार्यको भ्रत्सना समेत न्यौपानेले गरेका थिए । अख्तियारले निश्पक्ष छानविनका लागि भन्दा पनि माधव नेपाललाई फसाउन राजनितीक प्रतिशोधका आधारमा प्रधानमन्त्रीको कारिन्दा भएर काम गरेको न्यौपानेले आरोप लगाए ।
कोण सभाका अर्का वक्ता नेकपा एकिकृत समाजवादी कास्कीका उपाध्यक्ष पूर्ण लामाले २०८४ सालको निर्वाचन अगाडिनै नेपालको राजनितीमा कालो वादल मडारिएको र राजनितकि रुपमा जुन खालका षडयन्त्रहरु गरिएको छ त्यसलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको वताए । राजनितीक प्रतिशोधका आधारमा सरकारले आफ्ना विरोधीहरुलाई छानी छानी झुट्टा मुद्धा लगाउने, फसाउने र उसको राजनितीक क्यारियर समाप्त गर्ने प्रयत्न गरिएको र यसै क्रममा आफनो पार्टिका अध्यक्ष माधव कुमार नेपाल माथि राजनितीक प्रतिशोधका आधारमा मुद्धा लगाईएको लामाले वताए । अख्तियार जस्तो संस्थाले निश्पक्ष छानविनका लगि नभई प्रधानमन्त्रीको निर्देशनमा माधव नेपाल माथि मुद्धा दर्ता गरेको आरोप लामाले लगाए । नेपालको राजनितीमा सादगी नेताको रुपमा परिचय वनाएका नेपाललाई वद्नाम गराउन प्रतिशोध साधिएको वताउदै लामाले पार्टि अध्यक्ष माथि लगाएको माुदाको न्यायिक निरुपण हुने र क्लिन चिट लिएर निस्कने वताए । भ्रष्टाचार गरेको ब्ययक्ति , वद्मासी गरेको व्यक्ति कोही पनि उम्कन पाउनु हुदैन भन्ने आफ्नो पार्टिको मान्यता रहेको वताउदै लामाले २०४६ साल भन्दा पछाडिका सवै नेताहरुको सम्पक्ति जाँचवुझ र परिक्षणका लागि सवै तयार हुनुपर्ने र त्यो आवश्यक रहेको वताए । गिरिवन्दु टि स्ट्र्ेट, यति काण्ड, ओम्नी काण्ड लगायतका दर्जनौ काण्डहरुको निश्पक्ष छानविन हुनुपर्ने लामाले वताए । नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव डिवी राईले कार्यक्रमको सञ्चालन गरेका थिए । सो अवसरमा पार्टिका केन्द्रिय सचिव श्रीनाथ वराल, पार्टिका नेता तुल वहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपाली लगायतका नेता कार्यकर्ता र समर्थकहरुको सहभागिता रहेको थियो ।
नेकपा एकिकृत समाजवादीले जनताका दिन दिनैका समस्या समाधान गर्न, मुलुकमा देखिएको भ्रष्ट्राचार र सुशासनको कायम गर्न, रोजगारी श्रीजना गर्न, युवा जनशक्तिको वैदेशीक पलायनलाई रोक्न सरकारलाई दवाव दिने उदेश्यले एक महिना अगाडि देखि आन्दोलन सुरु गरेको हो ।