पोखरा मंसीर २४,
गण्डकी प्रदेश सरकारले भाग बण्डामा प्रदेशका ११ अस्पतालका अध्यक्ष नियुक्त गरेको छ । मन्त्री परिषदको मंगलवार वसेको वैठकले गण्डकी प्रदेश मातहतका प्रदेशका ११ जिल्लाका अस्पतालहरुमा समिति गठन गरेको हो । जस अनुसार ६ वटा अस्पतालहरुमा नेपाली काँग्रेस समिर्थित ब्यक्तित्वहरुलाई नियुक्त गरिएको छ भने ५ वटामा एमाले निकटका ब्यक्तिहरुmले नियुक्ति पाएका छन् । यसरी नियुक्ति पाउनेहरुमा पोखरा महानगरपालिका वडा नं ३०मा रहेको जनरल तथा सरुवा रोग अस्पतालमा ऋषिराज जमरकट्टेल, तनहुँको दमौली अस्पतालमा कमलामोहन वाग्ले, बागलुङको बुर्तिबाङमा कमल भुसाल, पर्वत अस्पतालमा यामबहादुर नेपाली, धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा श्रीप्रसाद शर्मालाई अध्यक्षको रुपमा नियुक्त गरिएको छ ।
यस्तै, वेनी अस्पतालमा डेकबहादुर बानियाँ, मध्यबिन्दु अस्पतालमा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकाली, लमजुङ अस्पतालमा विजय गुरुङ, स्याङजा अस्पतलमा दिलकुमार भुजेल, मनाङमा अर्विन गुरुङ अध्यक्षको रुपमा नियुक्त भएका छन् । काँग्रेसको कोटामा मध्यविन्दु, लमजुङ, दमौली, पर्वत, मुस्ताङ र बुर्तिबाङ अस्पताल परेका छन् भने एमालेले धवलागिरी अस्पताल, बेनी, मनाङ, स्याङ्जा र लेखनाथको जनरल तथा सरुवा रोग अस्पताल लिएको छ ।
मुलुकमा भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनवाट भएको यति ठूलो राजनितीक परिवर्तनको सन्देश र भावना विपरित गण्डकी प्रदेशको काँग्रेस एमाले गठवन्धनको सरकारले अस्पताल समितिको अध्यक्षमा समेत तेरा यति जना र मेरा यति जना भनेर भागवण्डा गरेको छ । गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री काँग्रेसका सुरेन्द्रराज पाण्डे र स्वस्थ्य मन्त्री नेकपा एमालेका कृष्ण प्रसाद पाठक छन् ।अस्पताल विकास समिति जस्तो पवित्र संस्थामा कुनै पनि राजनितीक पार्टिमा आवद्धता नभएका तटस्थ ब्यक्तिहरुलाई नियुक्ति दिन सकिने अवस्था हुँदा हुँदै काँग्रेस एमालेले भागवण्डा गरेर पुरानै स्वाभाव र चरित्र देखाएका छन् । हरेक क्षेत्रमा राजनितीकरण हुँदा राजनितीक हस्तक्षेपको कारण संस्थाहरु काम गर्न नसक्ने अवस्थामा पुगेको वर्तमान अवस्थालाई मूल्याङ्कन नगरिकन अस्पताल विकास समिती जस्तो संस्थालाई दलीय भागवण्डाको अखडा वनाएको भन्दै काँग्रेस एमालेको आलोचना भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।