पोखरा बैशाख २०,
प्रहरीले आफ्नै बुवाको हत्या गरेर भागेका एक युवकलाई पक्राउ गरेको छ । कास्की जिल्लाको रुपमा गाँउपालिका वडा नं ४ बागेडाँडा निवासी भिम वहादुर भुजेललाई पोखरा ११ रानीपौवावाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरि वहादुर वस्नेतले जानकारी दिए । यही वैशाख १७ गते रुपा गाँउपालिका वडा नं ४ बागेडाडामा सोही ठाँउ वस्ने ६२ वर्षको राम वहादुर घर्तिको घाँटीमा गलवन्दी वेरिएको, नाकवाट रगत वगेको र अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डाँडाको नाकवाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा घर्तिलाई घाँटीमा गलवन्दी वेरिएको, नाकवाट रगत जस्तो तरल पदार्थ वगेको र ढोका खुल्लै रहेको अवस्थामा फेला पारेको र पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको थियो । घर्तिको हत्या भएको आशंकामा हत्या गर्नेको खोजी गर्दै जाँदा घट्नामा संलग्न उनकै कान्छो छोरा भिम वहादुर भुजेललाई पोखरा ११ रानी पौवावाट बैशाख १८ गते पक्राउ गरेको वस्नेतले जानकारी दिए । भुजेललाई मुलुकी अपराध संहिता २०७४को परिक्षेद १२ ज्यान सम्वन्धि कसुर अन्र्तगत दफा ११७ को कर्तव्य ज्यान सम्वन्धि मुद्धामा १० दिन म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि वढाईएको प्रहरीले जनाएको छ ।
