नवराज सुवेदी,

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने विषयमा तीन बुँदे सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रदेश सरकार गठन र सञ्चालनमा संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् । दुवै दलले प्रदेशसभामा देखिएको राजनीतिक अस्थिरता, बजेट निर्माणमा देखिएका विवाद तथा विकासका कामलाई प्रभावकारी बनाउने उद्देश्यसहित सहकार्य गर्ने निर्णय गरेका छन्। सहमतिअनुसार प्रदेशसभाहरूमा संयुक्त सरकार गठन गर्दै राजनीतिक स्थायित्व, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरिएको छ ।
सहमती पत्रमा प्रदेशसभाहरूमा दुवै दलले सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने,संयुक्त सरकारअन्तर्गत कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने र मधेस र गण्डकी प्रदेशमा सरकार गठनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरेर नेतृत्व र सरकारको स्वरूप तय गर्ने उल्लेख गरिएको छ । यस सहमतिसँगै पाँच प्रदेशमा सरकार गठनको खाका स्पष्ट भएको छ भने गण्डकी र मधेसमा भने अन्य दलको भूमिका निर्णायक रहने देखिएको छ । विशेषगरी गण्डकी प्रदेशमा एमाले र नेकपाको मात्र संख्या सरकार गठनका लागि पर्याप्त नपुग्ने भएकाले कांग्रेस, राप्रपा वा अन्य दलको समर्थन आवश्यक पर्ने अवस्था छ । राजनीतिक विश्लेषकहरूले यस सहमतिलाई प्रदेश सरकारहरूमा नयाँ सत्ता समीकरणको सुरुआतका रूपमा हेरेका छन्। पछिल्ला केही सातादेखि कांग्रेस–एमाले सहकार्य कमजोर बन्दै गएको अवस्थामा एमाले र नेकपाबीच भएको यो समझदारीले प्रदेश राजनीतिमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने अपेक्षा गरिएको छ । दुवै दलका नेताहरूले सहमतिले प्रदेश सरकारलाई स्थायित्व दिने, बजेट कार्यान्वयनलाई गति दिने र विकासका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी विच शनिवार भएको सहमतीलाई लिएर विभिन्न खालका टिप्पणीहरु भईरहेका छन् । पछिल्लो समय नेकपा एमाले र नेकपा विच सहकार्य गर्दै पार्टी एकताको चरणमा पुग्ने गरि नेताहरु विच छलफल भएपछि दुवै दलका नेता कार्यकर्ताहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् । २०७५ सालमा नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र विचमा एकिकरण भएको थियो । केपि शर्मा ओली र प्रचण्डले तल्ला कमिटीहरुमा प्रयाप्त छलफलनै नगरि गरिएको एकता दिगो हुन सकेन । नेताहरुका स्वार्थका कारणले गरिएको एकता नेताहरुकै पद र शक्ति संघर्षमा कुरा नमिलेपछि भंग भयो, दुवै दलले आ आफ्नो वाटो समाते । झण्डै दुईतिहाइको शक्तिमा रहेको तत्कालिन नेकपा नेताहरुकै कारण छिन्न भिन्न भयो । यसमा कार्यकर्ता तथा जनताको कुनै दोष छैन । एकिकृत भएको कम्युनिष्ट आन्दोलनलाई अझै वढि वलियो र सवै बामपन्थी दलहरुलाई मिलाएर अझै शसक्त वनाउनुपर्नेमा नेताहरुको आपसी द्धन्द र जुगाँको लडाईले चकनाचुर भयो । र अहिलोको अवस्थामा आउन बामपन्थी दलहरु वाद्य भए । दिशा गरिसकेपछि दैलो देख्ने जस्तै गरि त्यति ठूलो जनमतको रक्षा गर्न नसक्ने, त्यसलाई टिकाएर राख्न नसक्ने चारैतिरवाट घेरावन्दीमा परेपछि फेरि एकताको कुरा गर्ने कुरालाई कार्यकर्ताहरुले सजिलै पचाउन सक्दैनन् । दुवै तिरका स्वार्थी र अवसरको खोजीमा रहेका केही नेता, कार्यकर्ताहरुले यो कुराको वकालत गरेपनि विगतमा गल्ति भयो त्यो गल्ति अव दोहोरार्याउदैनौ भनेको भरमा मात्रै कार्यकर्ताले अव नेताहरुको कुरा पत्याउदैनन् । हरेक पार्टीहरुमा पुस्तान्तरणको माग उठिरहेको वेला फेरि उही पुरानै नेतृत्वलाई जनताले पनि विश्वास गर्ने अवस्था छैन भन्ने कुरा नेताहरुले वुझ्नु पर्दछ ।
फेरि पनि बामपन्थी पार्टीहरुविचको एकता मुलुकको लागि अपरिहार्य आवश्यकता हो । मुलुकको वर्तमान अवस्था, बामपन्थीहरुले खाएको धक्का, विगत ३०, ३५ वर्षमा केही पनि भएन भन्ने भाश्यलाई चिर्नका लागि पनि नेपालका वामपन्थी पार्टीहरुले जनतासंग विगतमा गरिएका गल्ति र कमी कमजोरीहरुलाई विना हिच्किचावट सच्याउनु पर्दछ, माफी माग्नु पर्दछ । अवका दिनहरुमा विगतमा भएका कुनै पनि गल्तिहरु नदोहोर्याउने कसम खानु पर्दछ विगतमा भएका केही कमिकमजोरीका कारण भएका राम्रा कामहरुको वारेमा वकालत गर्न नसक्ने अवस्था आएको छ । चिन लगायत विश्वका कम्युनिष्ट मुलुकहरुले के कारणले प्रगति गर्न सके हामीले किन जनताको विश्वास जित्न सकेनौ भनेर निर्मम समिक्षा नेताहरुले गरेको खण्डमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी विच एकता संभव छ । जनताको मन पनि यिनीहरुले जित्न सक्दछन् । यसका लागि पुराना नेताहरु निशंकोच अभिभावक भएर वस्नु पर्दछ । फेरि पनि पाटीृको नेतृत्व गर्ने, पाएमा प्रधानमन्त्री पनि खाने र गुटवन्दी गरेर विगतकै चरित्र देखाउने मोहका साथ गर्ने एकताले झनै क्षयीकरण निम्त्याउछ । दुवै पार्टीमा भएका दोस्रो पुस्ताका नेताहरु नेतृत्व लिन तयार हुनुपर्दछ । पहिलो पुस्ताका नेताहरुलाई नेतृत्व छाड्न दवाव दिनु पर्दछ । उनिहरुको लाचार छाँया वनेर फेरि पनि मन्त्री वन्ने सांसद वन्ने मोह त्याग्नु पर्दछ । केपि ओली, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल बामदेव गौतम, नारायणकाजी श्रेष्ठ,लगायतको वुढा नेताहरुले अभिभावक भएर वस्नु पर्दछ । युवा नेताहरुलाई पार्टीको जिम्वेवारी दिने शर्तमा र विगतका गल्ति नदोहार्याउने शर्तमा एकता हुन सक्दछ अन्यथा जनताले पत्याउदैनन् । बामपन्थी दलका नेताहरु विषेश गरि एमाले र नेकपाका नेताहरुले कुमुलकको राजनितीलाई विश्लेषण गर्ने, अन्य पार्टीहरुमा भएको नेतृत्व परिवर्तनलाई पनि आत्मसाथ गर्ने र बाचुञ्जेल पदमा वसिरहने सोचलाई त्याग्नु पर्दछ । तव मात्रै जनताले पत्याउनछन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।