पोखरा असोज ३०,
गत भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते कास्की कारगारवाट भागेका ८१ जना कैदीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गतेको तोडफोड तथा आगजनी पश्चात् कारागार कार्यालय कास्कीबाट भागेका विभिन्न मुद्दाका कैदी तथा कारागार विभागबाट आश्विन २० गते भित्र स्वस्फूर्त कारागारमा फर्किन अपिल गरेकोमा उक्त मिति भित्र नफर्के पछी जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यलयहरुवाट समेत खोजतलास गर्दा ८१ जना फरार कैदीलाई पक्राउ गरी कारागार कार्यालय कास्कीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरि वहादुर वस्नेतले जानकारी दिए ।
यसरी पक्राउ गरिएका कैदीहरुमा जवरजस्ती करणी मुद्दाका– १६ जना, लागू औषध मुद्दाका– १६ जना, चोरी मुद्दाका–२५ जना, कर्तव्य ज्यान मुद्दाका– ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका– ९ जना, अभद्र व्यवहार मुद्दाका– ४ जना, सवारी अंगभंग मुद्दाका– १ जना,कुटपिटबाट अंगभंग मुद्दाका– १ जना, मानव वेचविखन मुद्दाका– १ जना रहेका छन् ।