पोखरा कार्तिक १२,
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सो पार्टीले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन गर्ने अभियानको उद्घाटन काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले गरिसकेका छन् ।
पार्टीले अभियानमार्फत देशभरका गाउँ, वडा र टोलसम्म पुगेर जनताका समस्या, गुनासा, सुझाव र अपेक्षा संकलन गर्ने जनाएको छ । जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पार्टीका विगतका काम र कमजोरीको समीक्षा गरी संगठनलाई जनमुखी बनाउने अभियानको उद्देश्य रहेको सो पार्टीले जनाएको छ ।
अभियानअन्तर्गत पार्टीका विभिन्न तहका समिति तथा जनवर्गीय संगठनको बाँकी समायोजन प्रक्रिया पूरा गर्ने, संगठित सदस्यता नवीकरण तथा विस्तार गर्ने र पार्टीका बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने कार्यक्रम छन् । त्यसैगरी आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीलाई अघि बढाउने, महँगी, बेरोजगारी र भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने अभियानको मुख्य उदेश्य रहेको छ ।
यसै विच नेकपाले कास्की जिल्ला लगायत गण्डकी प्रदेशका ११ वटै जिल्लामा सो अभियानलाई शसक्त ढंगले अघि वढाउने भएको छ । अभियानको तयारीका लगि सो पार्टीको गण्डकी प्रदेश कार्यालयको वैठक मंगलवार पोखरामा सम्पन्न भएको छ । विषेश जिल्ला सहित ११ वटा जिल्लाका ईञ्चार्ज ,सह ईञ्चार्ज , गण्डकी प्रदेशका विभिन्न विभागका ईञ्चार्ज , र जिल्लाका संयोजक र सह संयोजक उपस्थित विस्तारित वैठकमा सो पार्टीका गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले राष्ट्रिय जागरण अभियानलार्य शसक्त ढंगले अगाडि वढाईने र वडा वडा स्तरसम्म अचिभयानलाई लगेर जनता संग अन्तरक्रिय गरिने वताए । विगतमा आफ्नो पार्टीलाई मत दिएका जनतासम्म पुगेर सुझाव संकलन गर्ने र के के कमि कमजोरी रहे त्यसलाई सच्याउने प्रण गर्दै उनिहरुको विश्वास जित्न कोसिश गरिने पौडेलले वताए । सह ईञ्चार्ज श्रीनाथ वरालले अभियान मार्फत पार्टीको संगठन विस्तार गर्दै जनताका विचमा पुग्ने वताए ।
यसै विच कास्की जिल्लामा कार्तिक १५ गते देखि अभियान सञ्चालन गर्ने सो पार्टीले जनाएको छ । हिजो कास्कीमा तयारी वैठक सम्पन्न भएको छ । सो वैठकमा प्रदेश सह ईन्चार्ज श्रीनाथ वराल, नेता तुल वहादुर गुरुङ, कास्की ईञ्चार्ज रामजी बराल, प्रदेशका कास्कीमा रहेका विभागिय प्रमुखहरु कास्की जिल्लाका सहईन्चार्ज, संयोजक सह संयोजक पोखरा महानगरपालिकाका ईञ्चार्ज , सह ईञ्चार्ज लगायतको सहभागिता रहेको थियो सो तयारी वैठकमा अभियानलाई शसक्त ढंगले सञ्चालन गर्न युवा विद्यार्थी तथा पुरै पार्टी पंतीलाई परिचालन गर्ने निर्णय गरिएको कास्की ईन्चार्ज रामजी बरालले जानकारी दिए ।

