पोखरा चैत १४,
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली आज विहान उनकै निवास गुण्डुवाट पक्राउ परेका छन् । त्यसै गरि तत्कालिन गृह मन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस अगाडि मन्त्री परिषदको पहिलो वैठकले जेन्जी आन्दोलन छानविन गर्न गठित गौरी वहादुर कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नेनिर्णय गरेको थियो । सो आयोगले पूर्व प्रधानमन्त्री केपि शर्मा ओली, पूर्व गृह मनत्री रमेश लेखक र पूर्व प्रहरी प्रमुख चन्द कुवेर खापुङलाई फौजदारी मुद्धामा कारवाही गर्न सिफरिस गरेको थियो उनिहरुलाई ३ वर्ष देखि १० वर्ष सम्मको कैदको सिफरिस प्रतिवेदनमा गरिएको थियो ।
मन्त्री परिषदको वैठकको निर्णयको २४ घण्टा पनि नवित्दै ओली र लेखक पक्राउ परेका छन् । पूर्व प्रधानमन्त्री ओली पक्राउ परेपछि एमालेले ओलीको पक्राउलार्ई राजनितीक प्रतिशोध भन्दै त्यको ससक्त प्रतिवाद गर्ने जनानएको छ । एमाले महासचिव शंकर पोखरेलले ओलीको गिरफ्तारी महंगो पर्ने भन्दै तत्काल रिहा गर्न माग गरेका छन् त्यसै गरि सामाजिक सञ्जामा ओली र लेखक पक्राउको सम्वन्धमा मिश्रीत प्रतिक्रिया आएका छन् । पक्राउ पर्ने वित्तिकै पूर्व प्रधानमनत्री ओली र लेखकले कानूनी लडाई लड्ने प्रतिक्रिया दिएका छन् । यसै विच ओली र लेखकलाई काठमाण्डौ प्रहरी परिषरमा राखिएको र केही वेर अगाडि स्वास्थ्य परिक्षणका लागि अस्पताल लगिएको वताईएको छ ।
