पोखरा असार ५,
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकको १९ औ नगर सभामा निति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले ‘समून्नत पोखराको आधार ः सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने मूल ध्येयका साथ संवैधानिक अधिकारको उपयोग गर्दै समग्र पोखराको व्यवस्थित विकास, निर्वाचनको समयमा गरेका प्रतिवद्धताहरु आत्मसाथ गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्ने उल्लेख गरेका छन् । प्रमुख आचार्यले पर्यटन राजधानीको पहिचानलाई थप सुदृढ बनाउने, दिगो पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, वातावरण संरक्षण तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेको वताए । आफुहरु निर्वाचित भएर आएपछि विगत चार वर्षमा प्रस्तुत गरेको दृष्टिकोण, कार्य सम्पादन र यसबाट प्राप्त प्रतिफलको मूल्याङ्कन गर्ने जिम्मा आमनगरवासीहरुलाइ दिदै आचार्यले विभिन्न समस्या र चुनौतीका बावजुद समुन्नत् पर्यटकीय पोखरा निर्माणका लागि चालिएका कदमहरुको प्रभाव पोखराले लामो समयसम्म महसुश गर्ने वताए । महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको निरन्तर लगाव र विकास प्रतिको प्रतिवद्धताको प्रतिफल स्वरुप देशभरीका पालिकाहरु मध्येबाट पोखरा महानगरपालिका शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनका सन्दर्भमा उत्कृष्ट कार्य गरेवापत म्युनिसिपल एक्सेलेन्स अवार्डबाट पुरस्कृत हुन सफल भएको भन्दै प्रमुख आचार्यले आमनगरवासीहरुमा खुसी साटेका छन् ।
निती तथा कार्यक्रममा शिक्षा, स्वास्स्थय, सामाजिक विकास , शहरी विकास तथा पूर्वाधार, आर्थिक विकास, राजश्व बृद्धि, बृत्त व्यवस्थापन, सञ्चार तथा सूचना प्रविधि लगायतका क्षेत्रमा पुरना कार्यक्रमलाई निरन्तरता दिदै केही नयाँ विषयहरु थप गरिएका छन् । महानगर प्रमुख आचार्यले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संघ, प्रदेश, निजी क्षेत्र, विकास साझेदार तथा नागरिक समाजसँग सहकार्यलाई प्राथमिकता दिइने बताएका छन्। उनका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले पोखरालाई पर्यटन, वातावरण, पूर्वाधार र आर्थिक समृद्धिको केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गर्नेछ । आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रमले पर्यटन राजधानी पोखराको दीर्घकालीन विकास, नागरिकमैत्री सेवा, हरित वातावरण, आधुनिक पूर्वाधार तथा समावेशी आर्थिक वृद्धिलाई केन्द्रमा राख्दै समृद्ध महानगर निर्माणको मार्गचित्र प्रस्तुत गरेको छ।
प्रमुख आचार्यले आ व २)८३÷०८४ मा सञ्चालन गर्ने ३३ वटा विशेष अभियान अगाडि सारेका छन् । जस अन्तर्गत ग्रीन शिक्षक तथा विद्यालय विकास अभियान ः सबै विद्यालयमा आर.यू. एण्ड ग्रीन क्लब गठन गरिनेछ । विद्यालय तहमा मनोसामाजिक परामर्श, खेलकुद तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्न मनोसामाजिक प्रशिक्षक तथा खेलकुद शिक्षकका लागि आधारभूत तालिम अभियानका रुपमा सञ्चालन गरिनेछ । विद्यालयहरू बीच हरियाली प्रवद्र्धनका लागि प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिनेछ ।यसका आवश्यक निर्देशिका र मापदण्डहरु तर्जुमा गरी लागु गरिने । सीमानाकामा रिफ्रेसमेन्ट सेन्टर ः पोखरा महानगरपालिकाका प्रमुख तीन नाका प्रवेश तथा सीमा क्षेत्रमा धार्मिक पर्यटकहरुको सुविधाका लागि भान्छाघर तथा सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनको व्यवस्था मिलाइेछ । एक वडा–एक सार्वजनिक शौचालय अभियान ः प्रत्येक वडामा कम्तीमा एक आधुनिक, व्यवस्थित र अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गरिनेछ ।सवै सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापन सम्बन्धी मापदण्ड, कार्यविधि तयार गरी सञ्चालन गरिनेछ। सुरक्षित शहर अभियान ः सडक सुरक्षालाई प्रभावकारी बनाउन सार्वजनिक रुपमा सडकतर्फ जडान गरिने सीसीटिभी क्यामराका सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाबारे जनचेतना अभिवृद्धि गरिनेछ । घर, व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थाहरूलाई सडकतर्फ कम्तीमा एउटा सीसी क्यामराको दृश्य देखिने गरी जडान गर्न प्रोत्साहित गरिनेछ । सुन्दर घर, हरित घर अभियान ः प्रत्येक घरमा बाहिरबाट देखिने गरी फूल, बिरुवा तथा गमला राख्ने अभियान सञ्चालन गरिनेछ । महानगर स्थापना दिवसको अवसरमा ३३ वटै वडाबाट एक–एक जना गरी ३३ जना उत्कृष्ट घर, बगैंचा वा गमला व्यवस्थापन गर्ने नागरिकलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । वार्षिक ग्रीन अवार्ड ः सबैभन्दा बढी वृक्षारोपण तथा हरियाली प्रवद्र्धन गर्ने ३ विद्यालय, ३ सरकारी कार्यालय, ५ टोल विकास संस्था र ७ आमासमुहलाई “वार्षिक ग्रीन अवार्ड” प्रदान गरिनेछ । सफा टोल प्रोत्साहन कार्यक्रम ः उत्कृष्ट करदातालाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै सफाई, व्यवस्थापन र सामुदायिक सक्रियताका आधारमा उत्कृष्ट टोल विकास संस्थालाई विशेष समारोहका बीच सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । छनोट प्रक्रियालाई निष्पक्ष बनाउन नागरिकस्तरको मू्ल्यांकन समिति गठन गरिनेछ । महिला सशक्तीकरण तथा आमा समूह सम्मान कार्यक्रम ः सकारात्मक सोच, महिला सशक्तीकरण तथा महिला आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याउने आमा समूहहरूमध्येबाट वडा स्तरमा १÷१ समूह तथा समग्र महानगरबाट उत्कृष्ट १० आमा समूहलाई नगद पुरस्कार सहित सम्मान गरिनेछ । उत्कृष्ट सहकारी सम्मान कार्यक्रम ः सुशासन, कार्यसम्पादन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पु¥याउने सहकारी संस्थाहरूमध्येबाटसर्वोत्कृष्त१० सहकारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । वर्ष व्यक्तित्व सम्मान ः कृषि, शिक्षा तथा उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूमध्येबाट ‘वर्ष कृषक’, ‘वर्ष शिक्षक÷शिक्षिका’ तथा ‘वर्ष उद्यमी’ घोषणा गरी नगद पुरस्कार सहित सम्मान गरिनेछ । पर्यटन उत्कृष्टता पुरस्कार ः पर्यटनको राजधानी पोखराको पहिचानलाई थप सुदृढ बनाउन पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने उत्कृष्ट पर्यटन व्यवसायी तथा पर्यटन संस्थाहरूलाई वार्षिक पर्यटन उत्कृष्टता पुरस्कार प्रदान गरिनेछ । मेरो घर अगाडि, मेरो जिम्मेवारी अभियान ः हरेक घर, पसल र कार्यालयले आफ्नो अगाडिको सडक र नाली सफा राख्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिनेछ । हप्तामा एक दिन १५ मिनेट नियमित सरसफाई कार्यक्रम सञ्चालन गर्ने उत्कृष्ट टोललाई सम्मान गरिनेछ । नो प्लास्टिक पोखरा अभियान ः एक पटक प्रयोग हुने प्लास्टिकको प्रयोगलाई घटाइने छ । कपडाको झोला प्रयोगलाई प्रोत्साहन गरिनेछ । मुस्कान सहितको पोखरा अभियान ः सेवा लगायतका क्षेत्रमा क्रियाशिल ट्याक्सी चालक, होटल कर्मचारी, व्यापारी र नागरिकलाई पर्यटकसँग मित्रवत व्यवहार गर्न प्रेरित गरिनेछ । क्mष्भि एयपजबचबसन्देशलाई महानगरव्यापी बनाइने छ । हरित बाल्कोनी, हरित घर अभियान ः प्रत्येक घर र व्यवसायिक भवनमा कम्तीमा एक फूल वा बिरुवा लगाउने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिनेछ । सडक किनार र सार्वजनिक स्थलमा फूल रोप्ने कार्यलाई प्रोत्साहन गरिनेछ । भित्ते कला र संस्कृति अभियान ः नगरक्षेत्रमा रहेका पर्खाललाई स्थानीय कला, संस्कृति र पर्यटन झल्काउने कामका लागि कलाकारहरु सम्वद्ध संघसँस्थाहरु र कलाकर्मी विद्यार्थीहरुसँगको साझेदारीमा भित्तेचित्रले सजाइनेछ । हर्न कम, सम्मान बढी अभियान ः अनावश्यक हर्न बजाउने प्रवृत्ति घटाइने छ । पर्यटकमैत्री र सभ्य ट्राफिक संस्कृतिको विकास गरिनेछ ।
एक पर्यटक, एक मित्र अभियान ः पोखरा भ्रमणमा आउने पर्यटकहरुलाई नागरिक स्तरबाट आवश्यक जानकारी सहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न ‘एक पर्यटक, एक मित्र’ अभियान सञ्चालन गरिनेछ । सफा सार्वजनिक शौचालयअभियान ः निजी व्यवसायलाई पनि पर्यटकका लागि शौचालय खुला राख्न प्रेरित गरिनेछ छ । व्यवस्थापनमा उत्कृष्टता हाषिल गर्ने महानगरपालिकाको तर्फबाट उचित सम्मान प्रदान गरिनेछ । पैदलमैत्री पोखरा अभियान ः महानगरक्षेत्रका व्यस्त सडकहरुमा पैदलयात्रुहरुका लागि जेब्राक्रसिङ प्रयोग गर्ने बानीको विकासका लागि आवश्यक सचेतना अभियान सञ्चालन गरिनेछ । पैदल यात्रुलाई प्राथमिकता दिने संस्कृतिको विकासमा जोड दिइनेछ । सभ्य र सुसंस्कृत पोखरेली अभियान ः फोहोर देख्नासाथ व्यवस्थापनमा तदारुकता देखाउने र फोहरमैला फोहोर बोक्ने गाडीमा मात्रै फोहोर बिसर्जन गर्ने कार्यलाई प्रोत्साहन गर्न ‘सभ्य र सुसंस्कृत पोखरेली’ अभियान सञ्चालन गरिनेछ । पोखरा पर्यटन दूत अभियान ः यस अभियान मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको प्रवद्र्धन अभियान सञ्चालन गरिनेछ । साप्ताहिक कार–फ्री सडक अभियान ः पोखरा महानगरपालिकाको निश्चित क्षेत्र र समयमा पैदल, साइकल र सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिदैँ ‘साप्ताहिक कार–फ्री सडक’ अभियान सञ्चालन गरिनेछ। एक संस्था, एक सार्वजनिक स्थल सरसफाइ र वृक्षारोपन अभियान ः विद्यालय, क्लब, बैंक, होटलहरुमा एक सार्वजनिक स्थलको संरक्षण र सरसफाइको जिम्मा लिने प्रवृतिको विकास गरिनेछ ।
लाइनमा बसौं, सभ्यता देखाऔँ अभियान ः सेवाग्राहीको भिडभाड हुने कार्यालयमा लाइन बस्ने संस्कृतिको विकासमा जोड दिइनेछ । पोखरा बोल्छ, सभ्य भाषा प्रयोग गरौँ अभियान ः सार्वजनिक व्यवहार, सामाजिक सञ्जाल र सेवामा सभ्य भाषाको प्रयोगलाई प्रोत्साहन गरिने छ । उज्यालो र सुरक्षित पोखरा अभियान ः पोखरालाई उज्यालो शहरका रुपमा विकास गर्न उज्यालो पोखरा अभियानलाई विस्तार गरिनेछ । घर, पसल र संस्थाले बाहिरी बत्ती नियमित बाल्ने व्यवस्था व्यवहारिक रुपमा अनिवार्य गरिनेछ । सुरक्षित शहर निर्माणका लागि समुदाय–प्रहरी सहकार्यलाई चुस्त बनाइनेछ । पोखराको फोटो, विश्वभर प्रचार अभियान ः नागरिक र पर्यटकलाई सामाजिक सञ्जालमा सकारात्मक सामग्री पोस्ट गर्न प्रोत्साहन गरिनेछ । ३ख्ष्कष्तएयपजबचब ३त्यगचष्कmऋबउष्तब ि३न्चभभलएयपजबचब ३ऋभिबलएयपजबचब जस्ता साझा ह्यासट्यागहरुलाई सामाजिक सञ्जालहरुमा प्रयोगका लागि प्रोत्साहन गरिनेछ ।
अतिथि देवो भवः अभियान ः पोखरा भ्रमणमा आउने पर्यटकहरुलाई आतिथ्यता प्रदान गर्न होटल, रेष्टुरेन्ट, यातायात सेवा, व्यवसायीक लगायत सेवाक्षेत्र सहित नगरवासीहरुमा आतिथ्य संस्कृतिको प्रवद्र्धन गरिनेछ । १० मिनेट नागरिक योगदान अभियान ः हरेक नागरिकले दैनिक १० मिनेट आफ्नो टोल, पार्क वा सार्वजनिक स्थल सफा गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ । मेरो कुकुर, मेरो जिम्मेवारी अभियान ः मेरो कुकुर, मेरो जिम्मेवारीको भावना अनुरूप महानगर भित्रका घरपालुवा कुकुरहरूको अनिवार्य दर्ता र नवीकरण प्रणाली लागू गरिनेछ। आफ्ना कुकुरहरूलाई सार्वजनिक स्थलमा खुला छाड्ने र दर्ता नगर्ने धनीलाई कानुनी दायारामा ल्याईने छ।सामुदायिक कुकुरहरूको लगत संकलन, बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान संचालन गरी सामुदायिक कुकुर व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। डिजिटल गुनासो अभियान ः मोवाइल एप, वेवसाईट, क्युआर कोड लगायतका प्रविधिको प्रयोग गरी सार्वजनिक महत्वका विषयमा महानगरपालिका समक्ष सुझाव, समस्या र गुनासो दर्ता गर्न डिजिटल गुनासो अभियान सञ्चालन गरिनेछ । शुन्य अतिक्रमण शुन्य प्रदुर्षण अभियान ः सडकपेटी, नदिकिनार, खुल्ला तथा सार्वजनिक स्थल अतिक्रमण गर्ने कार्यलाई निरुत्साहन गर्दै संरक्षण अभियान संचालन गरिनेछ । नगरक्षेत्रमा ध्वनी तथा धुँवा प्रदुर्षण रोक्न आवश्यक सचेतना अभियान सञ्चालन गरिनेछ ।
समुन्नत पर्यटकीय पोखरा निर्माणको अभियानमा पोखरा महानगरका विद्यमान ३३ अभियानलार्ई समेटी नागरिक सहभागिता सुनिश्चित गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । आगामी वर्ष अभियानको रुपमा सञ्चालन गर्ने गरि अगाडि सारिएका ३३ वटा कामहरु गर्न सकेको खण्डमा यसले सवै क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने देखिन्छ तर कामहरु नभएमा यसलार्य प्रचारतात्मक अभियानको रुपमामात्रै अगाडि ल्यार्यएको भनेर नगरवासीले वुझ्नेछन् ।
