पोखरा साउन ७,
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस बिहीबार पोखरासहित देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । स्मृति दिवसका अवसरमा विचारगोष्ठी, श्रद्धाञ्जलि सभा, माल्यार्पण तथा अन्तरक्रिया कार्यक्रम गरी पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरियो ।
यसै विच पोखरामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको आयोजनामा पोखरा महानगरपालिका ७ स्थित पुष्पलाल पार्कमा पुष्पलालको शालिकमा माल्यार्पण गरियो । साथै पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउन गरेका प्रयासहरुको वारेमा चर्चा गरियो । सो अवसरमा नेपाली कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले पुष्पलाल केवल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मात्र नभई नेपाली लोकतान्त्रिक आन्दोलनका दूरदर्शी चिन्तक रहेको उल्लेख गर्दै उनका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । राजनीतिक दलहरूबीच बढ्दो अविश्वास, सुशासनप्रतिको चुनौती र जनतामा बढ्दै गएको निराशालाई अन्त्य गर्न पुष्पलालले देखाएको राजनीतिक इमानदारी, त्याग र वैचारिक स्पष्टताबाट प्रेरणा लिनुपर्ने वताउदै पौडेलले पुष्पलालका विचारहरुलाई अनुसरण गर्न सकेमा नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरी पनि उचार्ईमा पुर्याउन सकिने वताए । पुष्पालाल वनारसका गल्लिहरुमा पैदल हिड्दै कलकत्ता सम्म पुगेको र नेपालमा कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउन नेपालवाट गएका नेताहरुलाई प्रशिक्षण दिने गरेको पौडेलले वताए । नेपालको कम्युनिष्ट आन्दोलनको गोरेटो पुष्पलाले कोरेको उल्लेख गर्दै वर्तमान अवस्थामा संविधान र व्यवस्था माथिनै चुनौतीको अवस्था रहेको सन्दर्भमा लोकतन्त्रवादी शक्तिहरु विच एकताका लागि पनि पुष्पलालका विचार अनुशरणीय रहेको पौडेलले वताए ।
सो अवसरमा नेकपा गाण्डकीका सहईञ्चार्ज श्रीनाथ वरालले पुष्पलालले राणा शासनविरुद्धको आन्दोलन, लोकतान्त्रिक अधिकारको स्थापना तथा सामाजिक रूपान्तरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको वताए । छरिएर रहेका कम्युनिष्ट पार्टीहरुलाई मिलाएर नेपाल कम्युनिष्ट पार्टी वनाएको वताउदै । ५५ वर्षको उमेरमा पुष्पलालाको निधन भएको वताउदै वरालले त्यतिवेलाको निरंकुश पञ्चयती शासकहरुले उहाँको अस्तु समेत नेपाल ल्याउन नदिएको वताए । आज हम्रो चेतनाले देखेको कुरा त्यतिवेलानै पुष्पलालाले देखेको भन्दै वरालले पुष्पलालाको प्रेरणावाट नेपालवाट वनारस पढ्न गएका धेरै मानिसहरु कम्युष्निष्ट वनेर फर्केको वरालले वताए । उग्रबामपन्थले ग्रसीतभएकाहरले पुष्पलाललाई गद्धार भनेको भएपनि उनिहरु समेत पछि आएर पुष्पलालका विचारमा सहमत भएको वरालले वताए । पुष्पलालले देखाएको वाटोलेनै कम्युनिष्ट र काँग्रेस मिलेर पञ्चायती व्यवस्था ढाल्न सकेको वरालले वताए । वर्तमान समयमा पनि पुष्पलालका विचारहरु उत्तिकै सान्दर्भिक रहेको वरालले वताए । नेपाली कम्युनिष्ट पार्टी कास्कीका संयोजक खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह संयोजक बिनय थापाले गरेका थिए ।
वि.सं. २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो। त्यसयता प्रत्येक वर्ष साउन ७ गते उनको स्मृतिमा देशभर विभिन्न कार्यक्रम गरी पुष्पलाल स्मृती दिवस मनाउने गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।