–नवराज सुवेदी
सन् २०२३ जनवरी १ अर्थात २०७९ साल पौष १७ गते पोखरा अन्तराष्ट्रिय बिमानस्थलको भव्य उद्धघाटन भयो । चिन सरकारको सहयोग र सहुलियतपूर्ण ऋणमा वनेको यो विमानस्थलको उद्धघाटन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो । सो कार्यक्रममा अर्थ मन्त्री बिष्णु पौडेल पनि सहभागि हुनुहुन्थ्यो । चिनीय राजदूतलाई कार्यक्रममा विषेश महत्वका साथ आमन्त्रण गरिएको भएपनि भारतिय राजदूतलाई कार्यक्रममा देखिएन आमन्त्रण नगरेर हो वा आमन्त्रण गरेर पनि उपस्थिती नभएको हो त्यो अलग्गै विषय हो । तत्कालिन प्रधानमन्त्री तथा सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले पोखरावाट नियमित रुपमा अन्तराष्ट्रिय उडान हुने र त्यसका लागि भारत , चिन लगायतका छिमेकी देशका साथै अन्य मुलुकहरु संग पहल गर्ने भन्दै सहभागिहरुलाई आश्वस्त तुल्याएका थिए । सो कार्यक्रममा निक्कै भव्य उपस्थिती रहेको थियो । पोखरा महानगरपालिकाको संयोजनमा भएको उक्त कार्यक्रममा पुरै पोखरा उल्टिएको थियो । त्यहाँ सहभागि मात्रै हैन आम पोख्रलीहरु अव पोखरावाट अन्तराष्ट्रिय उडान हुने भयो भनेर ढुक्क थिए आश्वस्त थिए तर दिनहरु वित्दै गए पोखरावाट अन्तराष्ट्रिय उठान हुन सकेन । अरु त अरु छिमेकी देश भारतले भारतीय शहरहरुमा पनि उडानको अनुमती दिएन । चिनले पनि नियमित उडानकोलागि खासै चासो देखाएन । जापान, कतार, दुवई थाईलैण्ड , ढाका, ईस्लामावाद लगायत एसियन मुलुकका राजधानी शहरहरुमा पनि अन्तराष्ट्रिय उडानका लागि सरकारी पक्षवाट जुन रुपमा पहल हुनुपर्ने थियो हुन सकेन । पोख्रलीहरु निरास भए । पोखरामा अन्तराष्ट्रिय विमानस्थल वनेको र यहावाट अन्तारष्ट्रिय उडान हुने आशाका साथ पर्यटनको क्षेत्रमा ठूलो लगानी गरेका पर्यटन व्यवसायीहरु पनि निरास भए ।
यसै विचमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितको टिमले पोखरावाट अन्तारष्ट्रिय उडान हुनुपर्ने भन्दै विभिन्न ठाँउमा लविङ ग¥यो । मेयर आफै सरकारका मन्त्रीहरुलाई भेट्ने ध्यानाकर्षण गराउने लगायतका कामहरु गर्नुभयो । तर सोचे अनसारको उपलव्धी भएन । पोखरावाट जुनसुकै हालतमा पनि अन्तारष्ट्रि उडान गर्नुपर्छ भन्ने अभियानमा रहेका मेयर आचार्यको पहलमा चिनको सिचुवान एयरलाईन्ले अन्तारष्ट्रिय उडान भर्ने निर्णय ग¥यो । पोखरावाट पर्यटन व्यवसायी, उद्योगी व्यवसायी, विभिन्न पेशा व्यवसाय तथा संघ संस्थामा रहेका तथा सर्व साधारणहरु समेत चिनको सिचुवान लगायतका शहरमा गरिएको प्रमोशनल टुरमा सहभागि पनि भए । सिचुवानले नियमित उडान गर्ने आशा थियो तर उसले पनि नियमित रुपमा प्यासेन्जर नपाएपछि उडान नियमित गर्न सकेन । पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट यदा कदा व्यवासयीक उडानहरु भएको भएता पनि नियमित उडान भने हुन सकेनन् ।
यस्तै अवस्थाका विचमा संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुवईले पोखरावाट अन्तारष्ट्रिय उडान भर्न चासो देखायो । यसमा पनि पोखरा महानगरपालिकाका मेयर आचार्यको पहल रहेको छ । यूएईका अधिकारीहरु र फ्लाई दुवईका अधिकारीहरु पोखरा आएर सभ्याव्यताको अध्ययन गर्ने र मेयर आचार्यलाई भेट्ने काम गरेपछि फ्लाई दुवई पोखरावाट अन्तराष्ट्रिय उडान भर्न तयार भयो । यसमा पर्यटन मन्त्रालय र पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्गराज पौडेलको पनि सदासयता र सहयोग रहेको छ । फ्लाई दुवईले पोखरावाट अन्तराष्ट्रिय उडान गर्ने भयो भन्ने समाचार प्रवाह हुनासाथ पोख्रेली मात्रै हैन सिङ्गो गण्डकी प्रदेशवासीहरु खुसी भए । यसै विचमा हिजो असोज ७ अर्थात २३ सेप्टेम्वरवाट फ्लाई दुवईले पोखरावाट नियमित उडान सुरु गरेको छ । हिजो साँझ ६.२० वजे ११३ जना यात्रु लिएर आएको जहाज साँझ ७.१५ वजे १५२ जना यात्रु लिएर दुवई प्रथान गरेको छ । फ्लाई दुवईको जहाज आउने खवर सुनेपछि उक्त जहाज हेर्न र खुसी मनाउन ठूलो संख्यामा पोख्रेलीहरु विमानस्थल पुगेका थिए । जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो । पोखरा अन्तारष्ट्रिय विमानस्थलवाट नियमित रुपमा अन्तराष्ट्रिय उडान हुनेभएपछि पोख्रेली पर्यटन व्यवसायी, निजी क्षेत्र, लगायत आम मानसिहरु खुसी भएका छन् । यो उडानसंगै पोखराको सिधा हवाई सम्पर्क विश्वका धेरै देशहरु संग हुने भयो भनेर सवै खुसी भएका छन् पोखराको इीतहाँशमा यो अत्यन्तै सुनौलो र खुसीको दिनको रुपमा चित्रण गरिएको छ । पोखरा अन्तारष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भन्ने देखि विमानस्थल निर्माण भईसकेपछि अन्तारष्ट्रिय उडान नहुदाका सवै पिडाहरु यतिवेला बिर्सिएका छन् र खुसीको माहोल वनेको छ ।
चर्चा गर्नुपर्ने धेरै विषयहरु छन् ति सवै एउटै आलेखमा सम्भव पनि हुँदैन पछि उल्लेख गरौला तर यो उडानले एउटा विषय पक्कै पनि पोख्रेली र समग्र गण्डकी प्रदेश वासीलाई दिएको छ त्यो के हो भने अव यस क्षेत्रको आर्थिक विकासको ढोका खुलेको छ । अव यहाँको पर्यटन व्यवसायले पड्को मार्नेछ । यहाँका पर्यटकीय गन्तव्यहरुमा पर्यटकहरुको भिड वढ्नेछ । विश्वका विभिन्न देशवाट सिधै पर्यटकहरु पोखरा आउनेछन् । विदेशमा पढ्न गएका, वैदेशिक रोजगारीमा गएका तथा विदेश भ्रमणमा गएका नेपालीहरु अव सिधै पोखरा उत्रन पाउनेछन् । वार्षिक लाखौको संख्यामा अन्तारष्ट्रिय पर्यटकहरु आएपछि त्यसले पर्यटन व्यवासयीहरुलाई त आर्थिक रुपले सवल वनाउनेनै छ त्यसका साथ साथै रोजारी वढ्ने, कृषि, पशुपालन, तरकारी फलफुल, का साथै अन्य पेशा व्यवसायलाई पनि प्रत्यक्ष रुपमा फाईदा पुग्ने र यस क्षेत्रको आर्थिक उन्नती हुनेछ । यहाँका मानिसहरुको आय स्तर वढनेछ । ब्यापार व्यवसाय फष्टाउनेछ । यहाँका मानिसहरुले अन्तारष्ट्रिय रुपमा व्यापार गर्ने अवसर प्राप्त गर्नेछन् यहाका उत्पादनहरु विदेशका विभिन्न ठाँउमा जानेछन् । यो निक्कैनै खुसीको कुरा हो । यो खुसी संगै यो उडानलाई निमित र दिगो वनाउनुपर्ने दाईत्व पनि रहेकै छ । यो उडानलाई दिगो वनाउनका लागि सवैको सहयोग आवश्यक पर्दछ । यसका लागि पोखरा लगायत गण्डकी प्रदेशवासी, यहाँका स्थानिय सरकारहरु, पर्यटन सम्वद्ध ब्यवसायीहरु निजी क्षेत्र र संघिय सरकारको महत्वपूर्ण सहयोग आवश्यक पर्ने देखिन्छ । यसका लागि नियमित भ्रमण तालिका वनाउने, केही न केही भएपनि अन्तराष्ट्रिय स्तरमा व्यापार गर्ने अवसरको सृजना गर्ने, विदेशीले रुचाएका स्थानयि उत्पादनहरुमा जोड दिने र तिनीहरुलाई नरियात गर्ने सरकारले अन्य मुलसकका शहरहरुमा समेत उडानको लागि पहल गर्ने लगायतका कुराहरु गर्दे सिधै अनतराष्ट्रिय पर्यटकहरुको वुकिङ पोखराका होटल व्यवसायीले सहुलियत दरमा लिने लगायतका धेरै कामहरु गरेर यो अन्तराष्ट्रिय उडानलाई नियमित गर्दै अरु एयरलाईन्सलाई समेत उडान भर्न आकर्षित गर्नुपर्ने देखिन्छ ।
