पोखरा बैशाख २,
पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी निःशुल्क सटल बस सेवा शुभारम्भ गरेको छ । उक्त सेवाको पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले वयाँ वर्षको अवसर पारेर वैशाख १ गते मङ्गलवार शुभारम्भ गरे । महानगर यातायात प्रा.ली. काठमाडौँ, कृषि विकास बैङ्क र कामना सेवा विकास बैङ्कसँगको सहकार्यमा महानगरपालिकाले उक्त रुटमा सुविधा सम्पन्न विद्युतीय बसहरू सञ्चालनमा ल्याएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवत जावत गर्ने हवाई यात्रुहरूलाई भरपर्दो विश्वसनीय र सरल रूपमा आवागमन सुविधा उपलब्ध गराउने उद्देश्यियले साझेदारीमा निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रमुख आचार्यले वताए । पाइलोटिङ्का रूपमा पहिलो चरणमा आषाढ मसान्त सम्मका लागि निःशुल्क सेवा शुभारम्भ गरिएकामा त्यसपछाडि भने यसको प्रभावकारिता अनुसार परिष्कृत रूपमा सेवा सुचारु गरिने प्रमुख आचार्यले वताए ।
तत्कालका लागि ती बसहरू रिर्चाजका लागि पर्यटन बसपार्कमा रहेको चार्जिङ स्टेसनमा आवश्यक व्यवस्थापन गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगको समन्वयमा उडानको चाप अनुसार सेवा अवधि (समय) थपघट गर्न सकिने र भविष्यमा यसको सेवा क्षेत्र विस्तार गरी पोखराका मुख्य गन्तव्य स्थलसम्म विस्तार गर्ने योजना समेत रहेको प्रमुख आचार्यले वताए ।
सटल बस सेवा शुभारम्भ कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, दलका नेता दिवसमान प्रधानाङ्ग, महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्की, विमानस्थल कार्यालयका निमित्त प्रमुख जसोदा सुवेदी, महानगरपालिकाका वडा अध्यक्षहरू, भ्रमण वर्षका संयोजक गोपी बहादुर भट्टराई, महानगर यातायात प्रा लीका अध्यक्ष तथा पदाधिकारीहरू, पर्यटन व्यवसायीहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट सटल वस सञ्चालन भएपछि विमानस्थल सम्म जाने र विमानस्थलवाट वाहिरिने यात्रुहरुका लागि ठूलो राहत मिल्नेछ । यस भन्दा अगाडि पोखरा अन्तरष्ट्रिय विमानस्थलवाट वस नचल्दा यात्रुहरु चर्को भाडा तिर्न वाद्य थिए । पोखरा विमानस्थलवाट वाहिर जाने ट्याक्सीहरुले पोखराको पृथ्वीचोक , सृजनाचोक सम्म जानको लागि ८०० देखि १००० सम्म शुल्क लिईरहेका थिए । अझै लामो दूरीको शुल्क अझै धेरै तिर्न यात्रु वाद्य थिए । पोखरा महानगरपालिकाको पहलमा पोखरा विमानस्थलवाट सटल वस सञ्चालन भएपछि पोख्रेलीले पोखरा महानगपालिकाको यो कामको प्रसंसा गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।