पोखराका पूर्व प्रमुख , नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की जिल्ला ईञ्चार्ज कृष्ण थापाको ह्दयघातका कारण निधन भएको छ । आज नेकपा एमाले कास्की जिल्ला कार्यालयमा एमाले क्षेत्र नं १ को चुनावी समिक्षा कार्यक्रममा सहभागि भएका थापाको आफुले मन्तव्य राखिसकेपछि कुर्चिमा वसेको वेला अकस्मात ह्दयघात भएको थियो । थापालार्ई ह्दयघात भएपछि तुरुन्तै पोखराको मणिपाल अस्पतालमा पु¥यार्ईएको थियो । अस्पतालमा पु¥यार्यएका थापालाई चिकित्सकले मृत घोषणा गरेका थिए । पोखरा महानगरपालिकका पूर्व मेयर तथा एमाले नेता स्व. थापाको निधनप्रति दुख ब्यक्त गर्दै सामाजिक सञ्जालमा नेकपा एमालेका नेता कार्यकर्ताहरु तथा अन्य पार्टीका नेता तथा समर्थकहरु का साथै पोखरेलीहरुले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
यसै बिच नेकपा एमाले गण्डकी र कास्की जिल्ला कमिटीले छुट्टा छुट्टै शोक विज्ञप्ती प्रकाशित गरी दुख ब्यक्त गरेका छन् । प्रदेश अध्यक्ष नवराज शर्माद्धारा जारी विज्ञप्तीमा पोखरा महानगरपालिकाका पूर्व प्रमुख तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य स्व. कृष्ण थापाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा भएको असामयीक निधनले सिङ्गो कमिटि स्तभ्ध भएको भन्दै स्व. कृष्ण थापा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तपत परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
नेकपा एमाले कास्की जिल्ला कमिटिका अध्यक्ष बैन वहादुर अधिकारी क्षेत्रीले नेकपा एमालेका केन्द्रिय सदस्य , जिल्ला संयोजक पोखरा महानगरपालिकाका पूर्व प्रमुख तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य , नेपाली कम्युनिष्ट आन्दोलनका जुझारु योद्धा स्व. कृष्ण थापाको आज फागुन २८ गते जिल्ला पार्टी कार्यालयमा कास्की क्षेत्र नं १ को निर्वाचन समिक्षाको क्रममा कार्यक्रम समापन भएपछि कुर्चिमा अचानक अचेत भएपछि तत्काल १० मिनेटको समयमा मणिपाल अस्पतालमा पु¥याएकोमा आजै ३.३७ वजेको समयमा निधन भएकोमा नेकपा एमाले कास्की परिवार मर्माहत भएको जनाएका छन् । अधिकारीले बिज्ञप्तीमा ह्दयघातका कारण निधन भएका स्व. कृष्ण थापा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा सिङगो कास्की जिल्ला कमिटीको तर्फवाट गहिरो समवेदना प्रकट गर्दै यो दुखको घडिमा सम्पूर्ण परिवारजन तथा पार्टी पंतीमा धैर्यधारण गर्ने शक्ति प्रप्त होस् भन्ने कामना गरेका छन् ।
स्व थापाको जन्म बि सं २०१६ साल चैत्र १६ गते बुवा खिम वहादुर थापा र आमा सुक माया थापाको जेठो सन्तानको रुपमा पोखरा महानगरपालिका वडा नं १६ बाटुले चौरमा भएको थियो । फेवापोष्ट खवर परिवार पोखरा महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता स्व. कृष्ण थापाको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।