पोखरा माद्र ११,
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार विपद् तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो । बाढी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले महानगरपालिकाले टोली परिचालन गरेको हो । परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्ने प्रमुख आचार्यले वताए ।
यसैबीच, पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको प्रमुख आचार्यले वताए । महानगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा स्थानीय तहको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।