पोखरा चैत २७,
सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा विशेष कार्यसम्पादन गर्दै देशभरका नगरपालिकामध्ये ९५ प्रतिशत अङ्क प्राप्त गरी पोखरा महानगरपालिका सर्वोत्कृष्ट घोषित भएको छ । नेपाल नगरपालिका सङ्घको ३३औँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिकालाई उत्कृष्ट नगरपालिका अवार्ड प्रदान गरिएको हो ।
सोही कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याले महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई उक्त अवार्ड प्रदान गरेका थिए । अवार्ड ग्रहण गर्दै नगर प्रमुख आचार्यले म्युनिसिपल एक्सिलेन्स अवार्ड पोखरा र सम्पूर्ण पोखरेलीहरूका लागि निकै महत्वपूर्ण रहेको वताए ।
यसै विच प्रमुख आचार्यले महानगरपालिका परिवार तथा सम्पूर्ण महानगरवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । यो सफलतामा सम्पूर्ण नगरवासीहरूको निरन्तर साथ र विकास प्रतिको प्रतिबद्धता रहेको प्रमुख आचार्यले उल्लेख गरेका छन् । सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा विशेष कार्यसम्पादन गर्दै देशभरका नगरपालिकामध्ये ९५% अंक हासिल गरी हाम्रो पोखरा महानगरपालिका सर्वोत्कृष्ट महानगरपालिका घोषित भई अवार्ड प्राप्त गरेको भन्दै आचार्यले खुसी ब्यक्त गरेका हुन् ।

