पोखरा असार १७,
आज पोखरामा आयोजित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले कम्युनिष्ट आन्दोलनको एकता, संगठन सुदृढीकरण र वर्तमान सरकारले गरेका पछिल्ला गतिविधिहरु राष्ट र जनतको पक्षमा नरहेकाले कााग्रेस , एमाले लगायतका राजनितीक दलहरुसंग सहकार्यको खाँचो औल्याएका छन् ।
सो कार्यक्रमको उद्धघाटन पछि सम्बोधन गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले रणनिती छोडेको र कार्यनितीलाई मात्रै अंगालेको कारण धक्का खाएको वताए । संविधान निर्माण पछि कार्यनितीमा रमाएको वताउदै प्रचण्डले सत्ताका लागि जे पनि गर्ने जो संग पनि मिल्ने गर्नु गल्ति भएकोे वताए । , प्रधानमन्त्री वन्नाका, लागि मन्त्री वन्नका लागि मुख्यमन्त्री वन्नाका लागि जो संग पनि मिल्ने गर्न थालेको वताउदै तात्कालिक र क्षणिक स्वार्थका लागि पद र पैसाका लािग तछाढ मछाड गर्न थालेको र त्यो गल्ति लिडरसिपवाटै भएको प्रचण्डले स्वीकार गरे । समाजवादी भनियो तर व्यक्तिवादी अराजकतावादी भईयो भन्दै प्रचण्डले आत्मआलोचना गरे । पद ,पैसा र अवसरका लागि यीनीहरुले जे पनि गर्दा रहेछन् भन्ने कुरा जनताले सोचे जुन वर्गका लागि हामीहरुले आन्दोलन गरेका थियौ त्यो वर्ग हामीहरुले गरेका व्यववहारवाट आजित भएर आफुहरुलाई विस्तारै छोड्दै गयो प्रचण्डले भने । अझैपनि धेर्रै गर्न सकिने भन्दै जनतासंग फेरि पहिलाको जस्तै सम्वन्ध स्थापित गर्ने प्रचण्डले वताए ।
कम्युनिष्ट पार्टीहरलाई सिद्धाउन देशी विदेशी शक्तिहरु जोडतोडले लागेको वताउदै प्रचण्डले त्यसको ज्ञान आफुहरुसंग हुँदा हुँदै पनि त्यसलाई चिर्न नसकिएकोे वताए । भदौ २४ गतेको विधंस हुँदै छ भन्ने कुरा जान्न नसक्नु पनि आफुहरुको गल्ति भएको भन्दै प्रचण्डले कार्यकर्ताहरुसंग आत्मालोचना गरे । भदौ २४ गते पछि सरकार नवन्दाको अवस्था अत्यन्तै डरलाग्दो भएको प्रसंग सुनाउदै प्रचण्डले नारायणहिटी सफा हँुदैछ, मुलुकमा अर्को अनिष्ट हुनेवाला छ भनेर हल्ला चालाईएको र संविधाननै कोल्याप्स हुने डर रहेको अवस्थामा चुनावमा गएमा संविधान वचाउन सकिने ठहर गदैैै आफुहरुले चुनावमा जाने निर्णयमा सहमत भएको उनले वताए । चुनाव कस्तो भयो कस्तो ? भन्दै प्रचण्डले हेर्दा सव ठिकठाकनै देखिन्छ तर कसरी भयो कस्तो भयो त्यसको यर्थाथता पछि खुल्दै जाने वताए । चुनावमा जाने निर्णय गरेको भएपनि प्रतिनधि सभा विगठनको आफुहरु विपक्षमा रहेको प्रचण्डले वताए ।
संविधान संसोधनको नाममा प्रदेश खारेज गर्ने दिशामा सरकार गएको, सुकुम्वासीहरुलाई आतंंिकत गर्ने काम गरिएको टेड युनियनअधिकारलाई खोस्ने चेष्टा गरिएको, विद्यार्थीहरुका संघ संगठन खारेज गर्ने, संसंदीय परंपरा र मूल्य मान्यतालाई अवमूल्यन गर्न खोजिएको, तल्लो वर्गलाई हरेक हिसावले निर्चोने र उपल्लो वर्गलाई पोस्ने खालका निती सरकारले अख्तियार गरेकोले सरकारको यस्तो खालको रवैयाको विरोधका लागि अन्य दलहरु संग सहकार्यको रणनिती वनाईएको प्रचण्डले वताए ।
कार्यक्रममा सह संयोजक माधव कुमार नेपालले अहिलेनै कुनै पार्टीसंग एकिकरणको कुनै संभावना नरहेको वताउदै कार्यगत एकता गर्दै जाँदा मन मिल्यो भने, विचार मिल्यो भने आचारण मिल्यो भने एकता हुन सक्ने वताए । सह संयोजक नेपालले कार्यकर्ताहरुलाई आफ्नो संगठन र पार्टी वलियो वनाउन निर्देशन दिए । कुनै हिनतावोध गर्नुपर्ने आवश्यकता नरहेको वताउदै नेपालले जिल्ला जिल्लामा, पालिका पािलकामा गएर वर्तमान सरकारले गरेका कामहरुका कारण जनताले दुख पाएको कुरा वताउनुपर्ने वताए । सहसंयोजक नेपालले भावनात्मक नाराले मात्र कम्युनिष्ट एकता सफल नहुने उल्लेख गर्दै विचार, नीति, संगठन र व्यवहारमा एकरूपता आवश्यक रहेको बताए । उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक नेतृत्वको भावना विकास गर्नुपर्नेमा जोड दिए । नेपालले गण्डकी प्रदेश कमिटीलाई संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र पार्टीका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिँदै एकीकृत पार्टीलाई देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने जिम्मेवारी कार्यकर्ताकै काँधमा रहेको बताए ।

पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सक्षम, अनुशासित र जनउत्तरदायी संगठन निर्माण गर्नुपर्ने बताए । उनले कम्युनिष्ट आन्दोलनलाई जनताको जीवनसँग जोडेर अघि बढाउन सके मात्रै पार्टीप्रति बढ्दो अपेक्षा पूरा गर्न सकिने वताए । पार्टीको यो रुपमा पराजय हुनुमा नेताहरु मुख्यरुपमा जिम्वेवार रहेको श्रेष्टले वताए । अर्का नेता देव प्रसाद तमुले अहिले कम्युनिष्ट विचार माथि आक्रमण भईरहेको भन्दै त्यसक्रममा नेतृत्वलाई अनेक हिसावले आक्रमण गर्ने र कमजोर वनाउने रणनिती अपनाईएको गुरुले वताए । वर्तमान सरकार फासिँवाद तर्फ उन्मुख हुँदै गएको अरोप उनले लगाए ।
नेपाली कम्युनिष्ट पार्टी गण्डकीका संंयोजक कृष्ण नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु हितराज पाण्डे, देवेन्द्र पौडेल ,श्रीनाथ वराल, गायत्री तमु , हरिराज जोशी शिव वास्तोला, ज्ञानु आचार्य लगायतले वोलेका थिए । कार्यक्रममा ११ भूगोलका जिल्ला र १ गैर भूगोल गरी १२ जिल्लाका संयोजकहरुले जिल्लागत रिपोट प्रस्तुत गरेका थिए । प्रशिक्षणमा पार्टीको आगामी सांगठनिक योजना, सदस्यता विस्तार, वैचारिक प्रशिक्षण, जनपरिचालन र राजनीतिक अभियानका विषयमा समेत छलफल गरिएको थियो । नेताहरूले एकीकृत पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउँदै प्रदेशदेखि स्थानीय तहसम्म पार्टी संरचनालाई सक्रिय बनाउने, जनतासँग प्रत्यक्ष जोडिने अभियान सञ्चालन गर्ने तथा आगामी राजनीतिक चुनौती सामना गर्न सम्पूर्ण कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् । कार्यक्रमलाई गण्डकी प्रदेशमा पार्टी एकीकरणपछि आयोजना गरिएको महत्वपूर्ण राजनीतिक प्रशिक्षणका रूपमा हेरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।