पोखरा मंसीर २२,
समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष तथा पोखराका अग्रज पत्रकार रुद्र वहादुर थापा मगरलाई पत्नीशोक परेको छ । थापाकी पत्नी राममाया थापाको ७३ वर्षको उमेरमा आज निधन भएको छ । आन्द्राको क्यान्सर रोगवाट ग्रसित थापाको उपचारका क्रममा आज विहान पोखराको फिष्टेल हष्पिटलमा निधन भएको थापाका भतिजा केशव थापा मगरले जानकारी दिए । स्व. थापाका श्रीमान् १ छोरा , ४ छोरी ,७ नताी ,नातीना र १ पनाती रहेका छन् । पोखरा महानगरपालिका ७ एयरपोट निवासी थापाको निधनमा समाजवादी प्रेस संगठन नेपाल कास्की, प्रेस सेन्टर नेपाल कास्की, आदीवासी जनजाती पत्रकार संघ फोनिज कास्की, लगायत पत्रकारहरुका संघ संगठनहरुले प्रेस विज्ञप्ती जारी गरि दुख व्यक्त गरेका छन् । पोखरा वाट प्रकाशित हुने फेवा पोष्ट साप्ताहिकमा कार्यरत रुद्र वहादुर थापा फोनिज कास्कीको संस्थापक अध्यक्ष,प्रेस चौतारी कास्कीको पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कास्की र गण्डकी प्रदेश समितिका पूर्व कार्य समिति सदस्य समेत हुन् ।
यसै विच स्व. थापाको भोली वौद्ध अर्धौ सदन रामघाटमा मगर परंपरा अनुसार अन्तेष्ठी गरिने र यस अगाडि विहान ९.०० वजे पोखरा ७ एयर पोर्ट स्थित निवासवाट शवयात्रा सुरु हुने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
