पोखरा जेष्ठ ३०,
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीको अध्यक्षमा नविन त्रिपाठी बिजयी भएका छन् । हिजो अवेर राती सम्पन्न मत गणनामा निवर्तमान सभापति तथा प्रतिनिधि सभा सदस्य राजन गौतमलाई ५२ मतले पछाडि पार्दै त्रिपाठी सभापतिमा निर्वाचित भएका हुन् । त्रिपाठीले २३४ मत प्रप्त गरे भने गौतमले १८२ मत प्राप्त गरेका छन् । सभापतिकै प्रत्यासी माधव प्रसाद कंडेलले ११ र डा. हरि कार्कीले जम्मा २ मत प्रप्त गरे । सभापतिमा निर्वाचित त्रिपाठी रास्वपा गण्डकीका निवर्तमान महासचिव हुन् । सभापतिमा दोहोरिन चाहेका प्रतिनिधि सभा सदस्य समेत रहेका गौतमलाई त्रिपाठीले पहिलो चरणमै पारजित गरेका थिए । रास्वपामा निर्वाचित हुनका लागि खसेको मतको ५१ प्रतिशत मत कटाउनु पर्ने वैधानिक व्यवस्था छ । कुल ४३७ मत खसेकोमा त्रिपाठीले २३४ मत ल्याएर ५१ प्रतिशत कटाएका थिए ।
रास्वपाको ४७ सदस्यीय प्रदेश कमिटीमा ११ जिल्लाका जिल्ला अध्यक्ष पदेन सदस्य रहन्छन् । त्यसै गरि २ जना सभापतिले मनोनित गर्न पाउने व्यवस्था छ । त्यस हिसावले ३४ सदस्यका लागि मतदान भएको र यो समाचार तयार पार्दा सम्म मत गणना जारी रहेको छ । यस अधि शुक्रवार पोखरा सभागृहमा अधिवेसनको रास्वपा महामन्त्री कविन्द्र वुर्लाकोटीले उद्धघाटन गरेका थिए । उद्धघाटन सत्रमा रास्वपा संसदीय दलका उप नेता गणेश पराजुली लगायतका नेताहरुले संवोधन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।