पोखरा वैशाख २०,
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय निर्देशनअनुसार ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा ७७ वटै जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार सो पार्टीका प्रदेश कमिटीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गई मुख्यमन्त्रीलाई र जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमा गई ज्ञापन पत्र वुझाएका थिए । ज्ञापन पत्रमा जनताले भोग्नु परेका समस्या, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका पक्षहरू समेटेर ज्ञापनपत्र बुझएका हुन् ।
यसै विच नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेश कमिटी र कास्की जिल्ला कमिटीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई संयुक्त रुपमा ज्ञापन पत्र वुझाएका छन् ।नेकपा एकिकृत समाजवादी गण्डकीका अध्यक्ष कृष्ण नेपालीले मुख्यमन्त्री पाण्डेलाई ४५ वुँदामा समेटिएको ज्ञापन पत्र वुझाएका छन् । ज्ञापन पत्र प्रदेश सचिव ठाकुर शर्माले वाचन गरेका थिए । ज्ञापन पत्र वुझाउन सो पार्टिका केन्द्रिय सचिव श्रीनाथ वराल, गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपाली, सचिव ठाकुर शर्मा, प्रदेश कमिटीका सदस्यहरु, कास्की जिल्ला कमिटीका अध्यक्ष खड्ग हमाल, उपाध्यक्ष पूर्ण लामा, पोखरा महानगर कमिटीका उपाध्यक्ष शालिक वराल विद्यार्थी नेता सन्तोष न्यौपाने लगायतका नेता कार्यकर्ता मुख्यमन्त्री कार्यालय पुगेका थिए । ज्ञापन पत्रमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका समस्या, सडक, शिक्षा स्वास्थ्य, सुशासन लगायत जनताले भोग्नु परेका समस्याहरु उल्लेख छन् । सो अवसरमा सचिव वरालले प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याउने निती तथा कार्यक्रममा आफ्नो पार्टिले पेस गरेका विषयहरुलार्ई ध्यान दिन र सुशासन र रोजगारी समाजवादको तयारी भन्ने आफ्नो पार्टिले अगाडि सारेको नारालाई समावेस गर्न अनुरोध गरे ।
त्रापन पत्र वुझ्दै मुख्यमन्त्री पाण्डेले नेकपा एकिकृत समाजवादी पार्टिले वुझाएको ज्ञापनपत्रलाई आफुले गम्भिरतापूर्वक लिएको वताए ।
सो पार्टिको केन्द्रीय कमिटीका तर्फबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोलिले बैशाख १७ गते प्रधामनन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर ज्ञापनपत्र बुझाएको थियो । त्यसैगरी पालिका र वडा पालिका कमिटीले बैशाख २२ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
